कतारको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । Hamad Bin Khalid Conteracting Co.Wall Doha कम्पनीले बिभिन्न पदमा २६१ जना नेपाली पुरुष महिला कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित ३२ हजार देखि ६८ हजार सम्म तलब सुविधा रहेको छ । इच्छुक कामदारले Soundllines Recrument pvt महालक्ष्मीस्थान काठमाडौंमा साउन ८ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया