ग्रेट वाल मोटर्सका तीन नयाँ मोडेल नेपाली बजारमा भित्रिए, बजार मुल्य कति ?

२ बर्ष अगाडि

ग्रेट वाल मोटर्स  (GWM) नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरुको साथमा प्रवेश गरेको छ । उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेट वाल मोटर्सका गाडीहरु पर्यायवाची नैं बनिसकेका छन् । 

नेपालको अटोमोटिभ डिलरशिप क्षेत्रमा विविध अनुभव बोकेको बिशाल ग्रुपको सहायक संस्था भी. जी. इम्पेक्स प्रा. लि. नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेता हो । विभिन्न क्षेत्रहरुमा सफलता संगालेको अनुभवलाई उपयोग गर्दै भी.जी.इम्पेक्सले  SUV  सँग सहकार्य गर्दै अहिले दुईवटा क्ग्ख्  र एक पिक–अप मोडेल बजारमा ल्याएको छ । यी तीनै वटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहनेमा कम्पनी विश्वस्त छ । 

ग्रेट वाल मोटर्सको शोरुम थापाथलीमा अवस्थित छ र निकट भविष्यमा उपभोक्तालाई उच्चस्तरको अनुभव दिन देशभरि नैं शोरुमहरुको बृहत संजाल फैलाउने योजना रहेको छ । हालको अवस्थामा सुधार आउनासाथ ग्रेट वाल मोटर्सले नविन तरिकाले आफ्ना ब्राण्ड र सामानहरु उपभोक्ता माझ प्रस्तुत गर्ने छ । यस अतिरिक्त उच्चस्तरीय सर्विस सेन्टरको पनि निकट भविष्यमा निर्माण गरिंदैछ । भी.जी. इमपेक्सले ग्रेट वाल मोटर्सको 4S सर्भिसेस (सेल्स, सर्भिस, स्पेयर्स र सर्वे (कस्टमर केयर)) मा विशेष ध्यान दिदैं अन्तराष्ट्रिय स्टाण्डर्डको सर्भिस सेन्टर पनि स्थापना गर्ने भएको छ ।

3rd Gen.  HAVAL H6

यो गाडी क्ग्ख् वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि हो । २.० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १५० kW शक्ति र ३२० N.m टोर्क  displacement ले अर्कै खाले अनुभुति प्रदान गर्दछ । यसको हाइयर ग्राउण्ड क्लीयंरेसले नेपालकोे खाल्डो खुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्दछ । ७२% उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले, यस गाडीलाई अर्कै खाले स्थीरता र मजबुती प्रदान गर्दछ । यसको बाहिरी र भित्री सुन्दरता पनि उत्तीकै राम्रो छ । पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि functional आठ तरिकाले मिलाउन मिल्ने ड्राईभर सीट, तार रहित चार्जिङ्गले गाडीलाई नयाँ स्वरुप दिन्छ । साथै आठ वटा एअर व्याग, ३६० डिग्री हेर्न मिल्ने क्यामेरा, HHC (हिल होल्ड कन्ट्रोल) ABS+EBD सुविधा र एन्टी–कोलिजन संयन्त्र जस्तै SCM (सेकेण्ड कोलिजन संयन्त्र) र FCM(फर्वार्ड कोलिजन संयन्त्र) ले दुर्घटनाको सम्भवानालाई घटाउँछ । ईन बिल्ट इन्टेलिजेन्ट मोबिलिटीले अधिकतम स्पीडमा L2 स्तरको अटोमेटिक ब्ऋऋ ड्राईभको आनन्द दिन्छ । ट्राफिक सिग्नल चिन्ने र लेनमा रही रहने व्यवस्थाले गाडी गुडाउने चालकलाई सुरक्षा र गाडी माथि आफ्नो पूर्ण नियन्त्रणमा भएको अनुभुति दिनेछ । गाडीको भित्री बनावट, लेदर सिट एवं बढी लेग स्पेसले आफू एउटा शान्दार सवारीमा विराजमान छु भन्ने अनुभुति गराउँदछ । प्रारम्भिक मूल्य रु. ९६,९९,९९९ भएको यो गाडी तीनवटा रंगहरु हेमिल्टन व्हाईट, अयेर्स ग्रे र अत्लान्तिस ब्लुमा नेपालमा उपलब्ध हुनेछन् । यो गाडीले नेपालको अटो बजारलाई पूनः परिभाषित गर्ने कुरामा कम्पनि विस्वस्त रहेको छ ।

HAVAL JOLION

यो मोडेल पनि तीनवटा संस्करणमा प्रस्तुत गरिंदै छ । 1.5 लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले ११० kW शक्ति र २२० N.m टोर्क displacement ले अधिकतम आउटपुट दिन्छ । बढी ग्राउण्ड क्लीयरंसले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई अर्कै स्तरमा पु¥याउने कम्पनिको दावी रहेको छ । चार किसिमको ड्राईभ मोड, इलेक्ट्रिक पार्किङ्ग ब्रेकिङ्ग र ७३% उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले, यस गाडीलाई अर्कै खाले स्थीरता, मजबुती र सुरक्षा प्रदान गर्दछ । यस बाहेक यो गाडीले पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि functional र पैडल शिफ्टर, छ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आठवटा एअर व्याग, नपा लेदर सिटले सुरक्षा र विलासिताको एउटा उदाहरण हो । यस बाहेक ABS, HHC / HDC (हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल), ड्राईभर ड्रावजीनेस डिटेक्सन र ईवेन्ट डाटा रिकोडर र एन्टी–कोलिजन संयन्त्र जस्तै SCM (सेकेण्ड कोलिजन संयन्त्र ) ले समयानुसार कन्ट्रोल गरेर जोखिम न्युनिकरण गर्दछ । टच स्क्रीन, अगाडि LED लाइटिङ्ग र पछाडी फोग लाईट आदिले गाडी चलाउने अनुभवलाई उत्कृष्ट बनाउँछ । यो गाडी पाँच वटा रंगहरु ब्लु, ब्लैक, गे्र, हेमिल्टन व्हाईट र मार्स रेडमा उपलब्ध हुनुका साथै प्रारम्भिक मूल्य रु.५५,४९,९९९ मा बजारमा उपलब्ध छ ।

POER Pick-Up

यो मोडेल दुईवटा संस्करण एलीट र पाईलटमा बजारमा उपलब्ध हुनेछ । २.० लिटरको डिजल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १२०  kW शक्ति र ४०० N.m टोर्क displacement ले अर्कै खाले अनुभुति प्रदान गर्दछ । बढी ग्राउण्ड क्लीयरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई विशेष आरामदायी अनुभुति प्रदान गर्ने कम्पनिको दावी रहेको छ । ८४% उच्च गुणस्तरको स्टीलको बडीले गाडीलाई अधिक भारवहन क्षमता, स्थीरता र मजबुती प्रदान गर्दछ । सनरुफ पनि पिक–अप गाडीमा पहिलो पटक यसमा रहने छ । यसमा साँचो रहित स्टार्ट गर्ने नयाँ सुविधा पनि पहिलो हो । छ तरिकाले मिलाउन मिल्ने ड्राईभर सिट, आठवटा एअर व्याग, नपा लेदर सिटले सुरक्षा र विलासिताको एउटा उदाहरण हो । यस अतिरिक्त ब्द्यक्,ज्ज्ऋ र ज्म्ऋ (हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल), भेहिकल स्टेबिलिटी कन्ट्रोलले गाडीलाई अधिक स्थीरता प्रदान गर्दछ । स्पीड वार्निंग सिस्टमले गति माथि नियन्त्रण गर्न मद्धत गर्छ । ९ इन्चको टच स्क्रीन र ब्लमचयष्म सपोर्टले राम्रो अनुभव दिनेछ । अगाडि LED लाईटिंग र पछाडी फोग लाईट आदिले गाडी चलाउने अनुभवलाई रमाइलो बनाउने छ । यस गाडीको प्रारम्भिक मूल्य रु.६४,९९,९९९ मा बजारमा उपलब्ध छ ।

लगातार धेरै वर्षदेखि, GWM SUVs तथा पिकअपहरुले चिनियाँ बजार बिक्री नेतृत्व गरिरहेको छ । यो एक विश्वस्तरमा आफ्नो उपस्थिति बनाउने पहिलो चीनियाँ अटोमोबाईल कम्पनि हो ।

GWM  ले सन् १९९८ देखि अटोमोबाइल निर्यात गर्न सुरु गरको थियो, विशेष गरी  SUV र पिकअप ट्रक । चीन बाहेक, फर्मले ६० भन्दा बढी देशहरूमा ५०० भन्दा बढी वितरकहरूको अन्तर्राष्ट्रिय नेटवर्क मार्फत आफ्ना उच्च–गुणस्तरका मोटर गाडीहरु वितरण गर्दछ । कम्पनीले विश्वव्यापी रूपमा एक नयाँ वर्चस्व स्थापित गरेको छ भने नेपालमा पनि यही परम्परालाई कायम गर्ने नेपालिको मनमा बस्ने विश्वास लिएको छ ।

यसका साथै ग्रेट वाल मोटर्सले निकट भविष्यमा ओरा बिद्यतीय गाडी  एक नयाँ युगको विद्युतीय कार नेपाली बजारमा ल्याउँदै छ । त्यस पछि विन्गले पिक–अप पनि ल्याउने तयारीमा छ ।
हामी विश्वस्त छौं कि उपभोक्ताहरुले हाम्रा नयाँ प्रस्तुतीहरुलाई उत्साह र उमंगका साथ अंगाल्ने छन् । 

विस्तृत जानकारीको लागि www.gwm.com.np

२ बर्ष अगाडि

प्रतिक्रिया