आज ५ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

मंगलबार, ०५ साउन २०७८, ११ : ०३


आज मंगलवार  नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो सोमवार प्रतितोला ९२ हजार ३ सय रुपैँयामा कारोबार भएको सुन  आज प्रतितोला ५००ले बढेर ९३ हजार २ सय रुपैँया कायम भएको छ । 

यस्तै आज तेजावी सुन ९२ हजार ७ सय रुपैँयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।  सोमबार  प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदीमा प्रतितोला १० रुपैँयाले घटेर १२ सय ८० रुपैँयामा कारोबार हुने महासङ्घले जनाएको छ ।

मंगलबार, ०५ साउन २०७८, ११ : ०३

प्रतिक्रिया