आकर्षक तलबका साथ कतारले माग्यो १८४ जना नेपाली कामदार,कति छ तलब  ?

२ बर्ष अगाडि

कतारले भारी मात्रामा नेपाली कामदारको माग गरेको छ । कतारको  Facilities  Managemant & Maintenance  कम्पनीले क्लिनर र टेक्निसियन पदका लागी १४२ पुरुष र ३२ महिला गरी १८४ जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ३२ हजार देखि ७१ हजार  सम्म तलब सुविधा रहेको छ । इच्छुक कामदारले मेनपावर soundlines recrument pvt  महालक्ष्मीस्थान ललितपुरमा  साउन १२ र १३  गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया