कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका व्यक्तिलाई साउदी प्रवेशमा अनुमति

साउन ६, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं -साउदी अरेबियाले कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ ।

यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्रतिबन्ध लगाएको थियो । साउदी अरेबियामा पनि पछिल्लो समयमा कोभिडको नयाँ भेरिएन्ट भेटिएकोले धेरै मानिसहरु संक्रमित हुन पुगेका छन् । त्यसैले कैयौं देशबाट यात्रामा प्रतिबन्ध लगाएको साउदी अरेबियाले अहिले भने कोभिडको दुवै खोप लगाएका व्यक्तिलाई साउदी अरेबिया जान पाउने गरी खुला गरेको हो ।

त्यहाँका आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सोमबार सो निर्णय गरेको हो । सो मन्त्रालयले कोभिडका विरुद्धको सतर्कताको एक अभियानका रुपमा यो नियम बनाएको हो । साउदी प्रेस एजेन्सीले सोमबार सो समाचार दिएको छ । उक्त एजेन्सीका अनुसार साउदी अरेबियाले यही अगष्ट ९ बाट यो यात्रा प्रतिबन्ध फुकुवा गरिने बताएको छ ।

यसअघि त्यहाँ कडा नयाँ भेरिएन्टका कारण धेरै ठूलो संख्यामा संक्रमितहरु देखिएकामा पछिल्ला केही दिनमा त्यो संक्रमणको संख्या घटेपछि यो निर्णय गरिएको हो । साउदी अरेबियाले गत मे १७ देखि यो यात्रा प्रतिबन्ध लगाएको थियो । त्यस यता यहाँ कैयौँ विदेशी उडानहरु पनि रोकिएको थियो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८