काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गतका ५ वटा कार्यालयहरुले एक वर्षको अवधिमा १ हजार ३४७ व्यापारिक फर्मलाई कारबाही गरेका छन् । विराटनगर, वीरगन्ज,भैरहवा, नेपालगन्ज र धनगढीले उक्त व्यापारिक फर्मलाई कारबाही गरेका हुन् ।
विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा गरिएका ४ हजार ७७९ व्यापारिक फर्ममध्ये मापदण्ड अनुसार नचलेका फर्महरुलाई कारबाही गरिएको हो । विभाग र अन्तर्गतका कार्यालहरुले ती फर्मलाई ३ करोड ३३ लाख ७० हजार रुपैयाँ जरिवाना गरेको छ ।
साथै व्यापारीहरुले उपभोक्तालाई म्याद सकिएको वस्तुहरु बेच्ने गरेको पनि पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा अन्तर्गतका उक्त ५ कार्यालयहरुले गत आर्थिक वर्ष २०७७/७८ मा बजार अनुगमन गर्दा यस्तो पाइएको हो ।
गत आर्थिक वर्ष मात्र यसरी बेच्न राखिएको ३ करोड ९८ लाख ५३ हजार २५९ रुपैयाँ बराबरको वस्तुहरु नष्ट गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया