बुधबार तोलामा ७ सयले घट्यो सुनको मुल्य, तोलाको कति ?

बुधबार, ०६ साउन २०७८, ११ : ३३

काठमाडौं, आज बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । 

मंगलबार प्रतितोला ९३  हजार २०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बुधबार तोलामा ७ सय रुपैंयाले घटेर प्रतितोला ९२ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा २० रुपैंयाले घटेको छ । हिजो प्रतितोला १ हजार २८० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य आज प्रतितोाला १ हजार २६० रुपैंया कायम भएको छ ।

बुधबार, ०६ साउन २०७८, ११ : ३३

प्रतिक्रिया