यामाहा मोटरसाइकल तथा स्कुटरको मूल्य बढ्यो, कुन मोडलको मुल्य कति ?

२ बर्ष अगाडि

काठमाडौ, नेपाली बजारमा यामाहा मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको छ । यामाहा मोटरसाइकलको आधिकारीक वितरक एमएडब्लूले अधिकाश प्रडक्टको मूल्य बढाएको जनाएको हो ।

कम्पनीले यामाहाको मोटरसाइकल तथा स्कुटरमा ९ हजार रुपैयाँ सम्म मूल्य बढाएको छ । हाल साउन लागे लगतै यामाहाले पनि सबैजसो बाइक तथा स्कुटरको मूल्य बढाएको हो ।

जसमा एसजेड आरआर, एफजेट आर भि टु, एफजेट २५, आरवान ५ भिथ्रि, एफजेट एस भि थ्रिको मूल्य बढेको छ । स्कुटर सेग्मेन्टमा रे जेटआरको दुवै सेग्मेन्ट र फ्यासिनोको मूल्य बढेको छ ।

त्यसैगरी यामाहाले एफजेड भी टु, एमटी १५, आर थ्री, फेजर २५, रेजेड आर स्ट्रीट र्याली ११३, एक्सटीजेड १२५ र एनम्याक्स १५५ स्कुटरको मूल्य यथावत नै राखेको छ ।

कुन कुन मोडलमा बढ्यो मूल्य रु

मोडल                          यस अघिको मूल्य       बढेको मूल्य

एफजेटएस भिथ्रि               ३२९९००                ३३४९००
आर१५ भिथ्रि                    ४७७९००               ४८१९००
एफजेट २५                       ४४२९००               ४४७९००
एफजेट एस भिटु                ३०४९००               ३०८९००
एस जेट आर आर               २३७९००              २४६९००
रेजेटआर १२५ स्ट्रिट र्यालि   २६१९००                २६९९००
रेजेटआर १२५ एफआई २     २५१९००              २५९९००
फ्यासिनो १२५                   २५६९००              २६४९००

२ बर्ष अगाडि

प्रतिक्रिया