नेटफ्लिक्समा अब भिडिओ गेम पनि खेल्न सकिने

२ बर्ष अगाडि

काठमाडौं, स्ट्रिमिङ जायन्ट नेटफ्लिक्समा अब भिडिओ गेम पनि खेल्न सकिने भएको छ । नेटफ्लिक्सको प्याकेज खरिद गर्ने प्रयोगकर्ताले सोही शुल्कमा भिडियो गेम पनि खेल्न पाउने भएका हुन् ।

हाल यो फिचरका लागि काम गरिरहेको कम्पनीले जनाएको छ । उसका अनुसार पहिलो चरणमा प्रयोगकर्ताबाट गेमप्रति कस्तो खालको प्रतिक्रिया आउँछ, त्यसैअनुसार भिडियो गेमिङलाई कम्पनीको नयाँ आयामको रुपमा सुरुवात गरिने छ ।

कम्पनीले यो फिचर कहिलेबाट सुरु हुने र कस्ता गेम उपलब्ध हुनेछन् भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । तर, यो गेम मोबाइल डिभाइसका लागि उपलब्ध हुने जानकारी दिइएको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया