टोकियो ओलम्पिकमा १५ राष्ट्र र  ७० देशका खेलकुद मन्त्री सहभागी हुने अपेक्षा

२ बर्ष अगाडि

एजेन्सी - जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताका आयोजकहरुले ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने अपेक्षा गरिएको बताइएको छ । जापानको मन्त्रिपरिषद्का प्रमुख सचिव कात्सुनोबु कातोले शीर्ष नेताहरुको उपस्थीतिलाई आफूहरुले उच्च महत्वका साथ लिएको र त्यसलाई महामारीको विषयमा छलफल गर्ने अवसरको रुपमा समेत उपयोग गरिने बताए ।

महामारीले विश्वभरी पारेको असर र त्यसको सामनाका लागि अपनाउनुपर्ने उपाय, राम्रा अभ्यास, अनुभव र सहयोग आदान प्रदानका सन्दर्भमा पनि नेताहरुको उपस्थिति उपलब्धिमूलक हुने आयोजकहरुले अपेक्षा गरेका छन् ।

अघिल्लो वर्ष नै हुनुपर्ने टोकियो ओलम्पिक–२०२० कोरोना भाइरसको महामारीका कारण एक वर्ष ढिला गरी अहिले हुन लागेको हो । प्रतियोगिता यही जुलाई २३ मा सुरु भई आगामी अगस्ट ८ मा सकिने तय भएको छ । 

प्रतियोगिताका लागि लाखौं खेलाडी तथा खेल पदाधिकारीहरु अहिले टोकियो पुगिसकेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया