३ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

शुक्रबार, ०८ साउन २०७८, ११ : १०

आज शुक्रबार नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ । विहिबारको तुलनामा आज सुनको मुल्य ३००  रुपैयाँले बढेको  हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार प्रतितोला  ९१ हजार ८०० रुपैंयामा कारोबार भएको सुन आज ९२ हजार १ सय रुपैयाँमा कारोबार हुनेछ  । 

आज तेजावी सुन ९१ हजार ६०० रुपैँयामा कारोबार हुने  महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  

बिहिबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदीमा आज प्रतितोला १० रुपैयाले बढेर १ हजार २८० रुपैयाँमा कारोबार हुने  महासङ्घले जनाएको छ ।

शुक्रबार, ०८ साउन २०७८, ११ : १०

प्रतिक्रिया