साइप्रसले माग्यो आकर्षक तलबका साथ महिला कामदार, कति छ तलब  ?

शुक्रबार, ०८ साउन २०७८, १६ : ३७

साइप्रसले भारी मात्रामा नेपाली कामदारको माग गरेको छ । साइप्रसको   TR Solute  कम्पनीले   लागी २० जना  नेपाली महिला कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ४३ हजार भन्दा माथि हुनेछ । इच्छुक कामदारले मेनपावर  Link Internationalकाे कार्यालय  टोखा १० सामाखुसीमा  साउन १५ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

शुक्रबार, ०८ साउन २०७८, १६ : ३७

प्रतिक्रिया