काठमाडौं - नेपालमा एक वर्षको अवधिमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको सुन भित्रिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा उक्त मूल्य बराबरको सुन बिभिन्न देशबाट नेपाल भित्रिएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार तीनहजार ९२४.५ केजी सुन नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा नेपालमा १३ अर्ब ४६ करोड ४ लाख ५० हजार रुपैयाँको दुईहजार ४ सय केजी सुन भित्रिएको थियो ।
साथै अहिले नेपाली बजारमा अहिले सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रतिक्रिया