वर्किङ भिसामा अमेरिका पठाइदिन्छु भन्दै ७४ लाख ठगी गर्ने ४ जना पक्राउ

शनिबार, ०९ साउन २०७८, १० : ४९

काठमाडौं - वर्किङ भिसामा अमेरिक पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका ४ का विनोद भुसाल, पोखरा महानगरपालिका २ का पुरकार गुरुङ र पोखराकै प्रकाश गुरुङ रहेका छन् । 

 विगत दुई वर्षदेखि रोजगार भिसामा अमेरिका पठाइदिने र उतै आवासीय भिसा दिलाउन सहयोग गर्ने भन्दै पटक(पटक गरी ७४ लाख रकम असुलेको उजुरी परेको  प्रहरीको भनाइ छ । सोही निवेदनका आधारमा पक्राउ परेका उनीहरुलाई वैदेशिक रोजगार ठगीको अभियोयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको छ । उनीहरुले नेपालस्थित अमेरिकी दूतावास काठमाडौंको नक्कली कागजातहरु बनाएर ठगीको धन्दा शुरू गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका एकजनाले अमेरिकामा थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी २५ लाख रुपैयाँ लिएको समेत खुलेको प्रहरीले बताएको छ । यसअघि आकर्षक तलबसहितको वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा ब्युरोले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको थियो ।

शनिबार, ०९ साउन २०७८, १० : ४९

प्रतिक्रिया