काठमाडौं - साउदी अरब जाने नेपाली कामदारहरुलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अराइभल रजिष्ट्रेशन फारम भर्न आग्रह गरेको छ । संघले एक सूचना जारी गर्दै फारम भर्न आग्रह गरेका हुन् ।
साउदी जाने कामदारले https://muqeem.sa/#/vaccine-registration/home मा गई फारम भर्ने र प्रिन्ट गरी आफैले बोक्नु पर्ने संघले जनाएको छ ।
साथै साउदी अरब जाने कामदारहरुसँग अनिवार्य स्मार्ट मोबाइल फोन हुनु पर्ने र फोनको प्लेस्टोर वा आइएसओमा गई साउदीको कोरोना भाइरसको केएसए एप डाउनलोड गर्नुपर्ने सूचनामार्फत जानकारी दिइएको छन् ।
प्रतिक्रिया