'हाम्रो प्रतिभा आइडल-२०२१' को उपाधि इलामकी सम्झना राईलाई

आइतबार, १० साउन २०७८, ०७ : ३९

काठमाडौं - हाम्रो प्रतिभा चौतारी द्वारा आयोजित 'हाम्रो प्रतिभा आइडल-२०२१' हिजो साँझ भव्यताका साथ भरचुवल माध्यमबाट फाइनल सम्पन्न भएको छ । 

करिब दुई महिना अघि बाट अनलाई गायन प्रतियोगिताको रुपमा सुरु भएको यस प्रतियोगितामा ७९ जना ले भाग लिएका थिए । विभिन्न चरण हरू पार गर्दै ५ जना फाइनलमा पुगेका थिए । प्रतियोगितामा प्रमुख निर्णायकको भूमिका गायक तथा संगीतकार राज सागरले निभाएका हुन । 

जनवादी गायक प्रदिप देवान,  गायिका माण्डवि तृपाठि, वरिष्ठ गायक तथा अभिनेता जयनन्द लामा, वरिष्ठ गायक लाक्पा शेर्पा, गायिका सुरक्षा सेन्चुरी, गायिका सिर्जु अधिकारी लगायत कलाकार हरूको हरेक साता उपस्थिति रहेको थियो भने हिजो सम्पन्न ग्रान्ड फिनालेमा भने वरिष्ठ गायक याम बराल, गायक कमल खत्री साथै प्रमुख निर्णायक राज सागरको उपस्थितिमा सम्पन्न भएको थियो । 

प्रतियोगिताको उपाधि इलामकी सम्झना राईले जितेकी हुन । त्यसै गरि क्रमश झापाकी तृष विस्ट, इलामका विजय भण्डारी,  झापाका अर्पण उप्रेती साथै स्याङ्जाका विशाल रानाभाट दोस्रो, तेस्रो चौथो र पाँचौँ भएका छन । प्रतियोगीहरूलाई पुरस्कार स्वरुप नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ । 

कार्यक्रमको उद्घोषण  आशिष शाह ठकुरि साथै वर्षा भट्टले गरेका थिए भने कार्यक्रम व्यवस्थापन प्रविण श्रेष्ठले गरेका हुन । कार्यक्रमको संयोजक भने उद्घोषक आशिष ठकुरि आफै रहेका छन् ।

आइतबार, १० साउन २०७८, ०७ : ३९

प्रतिक्रिया