काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गर्ने नो अब्जेक्सन लेटर ९एनओसी०को नक्कली प्रति प्रयोग गरी युक्रेन जाने तयारीमा रहेका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–७ घर भएका सुमन राजवंशी रहेका छन् । उनले शिक्षा मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी भएको एनओसी नम्बर ७७१२८९२ को नो अब्जेक्सन लेटरमा आफ्नो विवरण हालेर युक्रेन जान लागेको अवस्थामा पक्राउ परेका हुन् ।
उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया