सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

आइतबार, १० साउन २०७८, १२ : ३०

काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । गत शुक्रबारको तुलनामा आज १०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुुक्रबार प्रतितोला ९२  हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ९२ हजार रुपैंयामा कारोबार हुने भएको छ । 

आज तेजावी सुन ९१ हजार ५०० रुपैँयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।  

गत शुक्रबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

आइतबार, १० साउन २०७८, १२ : ३०

प्रतिक्रिया