आकर्षक तलबसहित साउदीमा पुरुष कामदारको माग, के के छन् सेवा सुविधा ?

आइतबार, १० साउन २०७८, १७ : ४०

काठमाडौं, साउदी अरबमा आकर्षक तलब सहित नेपाली कामदारको माग गरेको छ । कम्पनीले  ६ जना  नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ६९ हजार भन्दा माथि हुनेछ । इच्छुक कामदारले गण्डकी ओभरसिज कन्सर्न प्रा.लि. मिनभवन काठमाडौमा साउन १२ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने बिमा खर्च र  कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

आइतबार, १० साउन २०७८, १७ : ४०

प्रतिक्रिया