काठमाडौं - नेपाली कामदारहरुको वैदेशिक रोजगारीको मुख्य गन्तव्यका मुलुकहरुले कोरोना भाइरसविरुद्धको विभिन्न खोपलाई मान्यता दिएको छ ।
वैदेशिक रोजगारीमा नेपाली श्रम गन्तव्यमध्ये यूएईले अक्सफोर्ड, एस्ट्राजेनेका, सिनोफर्म, फाइजर, स्पुतनिक भी, बायोएनटेक गरी चार वटा खोपलाई मान्यता दिएको छ । तीमध्ये एक खोपको दुवै डोज लगाएका रेसिडेन्स भिसा भएकालाई प्रवेश अनुमति दिने जनाएको छ ।
कुवेतमा फाइजर अक्सफोर्डको खोपले मान्यता पाएका छन् । कुवेतमा खोपको पहिलो मात्रा लगाएका कामदारले दोस्रो मात्रा १० सातापछि र अक्सफोर्ड खोपको पहिलो मात्रा लगाएका कामदारले दोस्रो मात्रा लगाउनका लागि १६ हप्ता करिब चार महिना पर्खनु पर्ने नियम छ ।
कुवेतले कारोना भाइरसविरुद्ध खोपको दुवै खोप लगाएको भएमा मात्र विदेशीलाई आफ्नो देशमा प्रवेश अनुमति दिने बताएको छ । खोपको पहिलो डोज लिएका कामदारले कुवेत प्रवेश गर्न नपाउने स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यसअघि कुवेतले खोप लगाएका भएपनि विदेशी यात्रु १४ दिने क्वारेन्टिनमा अनिवार्य बस्नु पर्ने नियम लगाएको थियो । तर स्वीकृत खोप लगाएका विदेशीले कुवेत प्रवेश गर्दा ७२ घण्टा पहिलेको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनु पर्ने अनिवार्य गरिएको छ ।
खोप नलगाई साउदी अरब जाने कामदार लाखौं खर्च गरेर होटल क्वरेन्टिनमा बस्नुपर्ने बाध्यता छ । साउदीले अक्सफोर्ड, एस्ट्राजेनेका, मोडर्ना, बायोएन्टेकको खोप स्वीकृत गरेको छ ।
उक्त मुलुक जाने सबैले खोप लगाए नलगाएको बारे जहाज टिकट लिनु अघि नै एकिन गर्नुपर्ने नियम छ । साउदीले स्वीकृत गरेका अन्य खोप भए दुई डोज र जोनसनको खोप भए एक डोज लगाएको अनलाइनमार्फत दर्ता गर्नुपर्ने अनिवार्य गरेको छ ।
प्रतिक्रिया