काठमाडौं, दुबईमा आकर्षक तलब सहित ११६ जना नेपाली कामदारको माग गरेको छ । दुबई स्थित (sharjah) शहरको Apleona Sam Facilities Management Llc कम्पनीले ११६ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित २५ हजार देखि ५१ हजार भन्दा माथि हुनेछ । इच्छुक कामदारले सपोर्ट ह्युमन रिसोर्सेज प्रा.लि. सिनामंगल काठमाडौमा साउन १९ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने बिमा खर्च र भिषा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया