काठमाडौं, जापानको एक कम्पनी आकर्षक तलब सहित ३ जना नेपाली कामदारको माग गरेको छ । K.C.C.A(Kyushu Contructures Association) कम्पनीले ३ जना माग गरेको हो ।
कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ ।
तलब खान बस्न सहित १ लाख ५० हजार भन्दा माथि हुनेछ । इच्छुक कामदारले टाईगर ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेज प्रा.लि. घुम्बाराही काठमाडौमा सम्पर्क गर्नुृपर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने बिमा खर्च र भिषा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया