मेस्सीलाई बार्सिलोनामै क्लब करियर टुङ्ग्याउन सुझाव !

२ बर्ष अगाडि

ब्राजिलका पूर्व स्टार रोनाल्डिन्होले लियोनेल मेस्सीलाई बार्सिलोनामै क्लब करियर टुङ्ग्याउन सुझाव दिएका छन् ।  मेस्सीको सन्यासपछि बार्सिलोनाले १० नम्बर जर्सी हटाउनुपर्ने धारणा पनि उनले राखे । 

मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौताका लागि सहमति बनिसकेको छ । तर, अहिलेसम्म आधिकारिक घोषणा भइसकेको छैन । मेस्सीसँगको सम्झौतालाई सार्थक बनाउनका लागि आफ्ना केही खेलाडी बेच्नुपर्ने बाध्यता बार्सिलोनासामु छ । किनकि, ला–लिगाले खेलाडीले दिनुपर्ने तलबको निश्चित सीमा तोकेको छ र बार्साका सबै खेलाडीहरू क्लबमै बस्ने हो भने त्यो सीमा कट्नेछ । त्यहीकारण मेस्सीलाई क्लबमा राख्नका लागि अन्य खेलाडीहरूलाई बेच्ने नीति बार्साले बनाएको हो, तर खेलाडीहरू बिक्री नहुँदा बार्सा समस्या छ । 

‘मेस्सी क्लबमा बस्नुपर्छ । जब उनले सन्यास लिनेछन्, तब १० नम्बर जर्सी लगाएर कसैले खेल्नेछैन,’ रोनाल्डिन्होले भने । मेस्सी बार्सिलोनाको युवा टोलीबाट सिनियर टोलीमा डेब्यु गर्दा रोनाल्डिन्हो टोलीका सबैभन्दा ठूला स्टार थिए । यी दुईले केही समय बार्सिलोनाबाट एकसाथ खेले । सन् २००८ मा रोनाल्डिन्हो बार्सिलोना छाडेर इटालियन क्लब एसी मिलानतर्फ गएका थिए । त्यसपछि मेस्सीले बार्सिलोनाको १० नम्बर जर्सी लगाएर खेल्न थालेका हुन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया