युट्युवको नयाँ रेकर्ड, विश्वकै सबैभन्दा बढी डाउनलोडिङ एप

२ बर्ष अगाडि

काठमाडौं, गुगलको भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युवले गुगल प्ले स्टोरमा १० अर्ब डाउनलोड पुरा गरेको छ । जुन विश्वको जनसङ्ख्याभन्दा पनि बढी हो । जब कि हाल विश्वको जनसंख्या ७.९ अर्ब रहेको छ ।

नाइनटुफाइभगुगलको रिपोर्ट अनुसार यो लोकप्रिय भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युव बितेको एक दशकमा विश्वमै सबैभन्दा बढी डाउनलोड र प्रयोग भएको एप हो ।

कोरोना भाइरसको महामारीका कारण युट्युवमा कन्टेन्ट बनाउने र हेर्ने प्रयोगकर्ताको संख्या निकै बढेको छ । युट्युव करिब सबैजसो एन्ड्रोइड फोनमा प्रि इन्स्टल रुपमा आउने गर्दछ । चाहे त्यो बजेट फोन होस् वा महँगो प्रिमियम तथा फ्ल्यागशिप नै किन नहोस् ।

अक्टोबर २०२० सम्म युट्युवका केवल ३० लाख प्रयोगकर्ताले पैसा तिर्ने गर्दथे । युट्युव पछि धेरै डाउनलोड हुने एपमा फेसबुक रहेको छ । जसको डाउनलोड ६ अर्बमाथि छ । त्यसैगरी फेसबुक मेसेञ्जर ५ अर्बभन्दा बढी र इन्स्टाग्राम तीन अर्बमाथि डाउनलोड भएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया