टेस्लाको त्रैमासिक नाफा एक खर्ब ३० अर्ब

२ बर्ष अगाडि

 इलेक्ट्रिक गाडी निर्माता कम्पनि टेस्लाले  एक अर्ब डलर नाफा कमाएको छ । इलेक्ट्रिक गाडीको पायोनियर कम्पनी टेस्लाले पहिलोपटक  ३ महिनामा एक अर्ब डलर नाफा कमाएको हो ।  

सञ्चालनमा आएको पहिलो दुई वर्षसम्म घाटामा रहेको  कम्पनीले  कुनैपनि त्रैमासिकमा एक अर्ब डलर नाफा भएको यो नै पहिलो पटक हो । योसँगै कम्पनीको लामो यात्रालाई पनि तय गरेको छ 

कम्पनीले सन् २०२१ को दोस्रो त्रैमासिकमा कूल एक अर्ब १० करोड डलर डलर (एक खर्ब ३० अर्ब रूपैयाँको हारहारीमा) नाफा गरेको हो । जुन अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा झण्डै १० गुणा बढी भएको उल्लेख गरिएको छ ।

आम्दानीको हिसाबले पनि कम्पनीले गत वर्षको तुलनामा दोब्बर आम्दानी गरेको छ । कम्पनीले एकै त्रैमासिकमा १२ अर्ब डलर आम्दानी गरेको जनाएको छ ।

योसँगै कम्पनीको भ्यालु ६३० बिलियन डलर पुगेको छ, जुन आजभन्दा दुई वर्षअघिको तुलनामा १४ प्रतिशतले बढी हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया