राज कुन्द्राको साथबाट अन्य ४ 'एडल्ट एप्स' १२० अश्लिल फिल्म फेला

२ बर्ष अगाडि

पछिल्लो समय बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा भारतीय व्यवसायी राज कुन्द्रा पोनोग्राफीको मामलामा मुछिएका छन् । प्रहरीले फेब्रअरीमा यो मामिलाको भण्डाफोर गरेपछि राज कुन्द्राले योजना बी का साथ तयार भएका थिए । 

अपराधले राजको अन्धेरीमा रहेको अफिसबाट १२० वटा अश्लिल फिल्म रिकभर गरेको छ  । फेब्रअरीमा प्रहरीले यो मामिलाको पर्दाफास गरेपछि राज कुन्द्राले योजना बी अनुसार फिल्म तयार गरेका थिए ।

राजले एप्सको नाम पनि सोचेका थिए । उनले उक्त एप्सको काम पनि सुरु गरेका प्रहरीले जनाएको छ । उक्त समयमा पुराना डाटाहरु डिलिट गरिएको थियो । यो फिल्मबाट राजको ग्रुपले राम्रो आम्दानी गरिरहेको थियो त्यसैले उनीहरु यो काम जारी राख्न चाहान्थे । 

मुम्बई अपराध शाखाले अन्धेरीस्थित अफिसमा छापा मार्दासम्म फिल्महरु धेरैजसो डिलिट गरिएको थियो । तर प्रहरीले डाटा रिकभर गरेर १२० फिल्म रिकभर गरेको छ । 

मुम्बई प्रहरीको अपराध शाखाले राज पछिल्लो केही महिनायता पक्राउ परेका ११ अभियुक्तहरूको मुख्य योजनाकार भएको दाबी गरेको छ ।

प्रहरीको एक रिपोर्टका अनुसार राजले अन्य चार एप्स चलाउने गरेको खुलेको छ । उनले एप्पल र गुगल प्ले स्टोरबाट ह्वाट्सएप हटाएपछि अन्य एप्स सेट गरेको देखिएको छ । 

पोर्न फिल्मबाट राजले दैनिक १० लाख (भारतीय रुपियाँ) कमाउने गरेको पनि खुलासा भएको छ । प्रहरीले राजको कम्पनीमा एक दिनमा ५० हजार देखि १० लाखसम्म कमाई हुने गरेको थियो । 

२ बर्ष अगाडि

प्रतिक्रिया