फाइभजी परीक्षणको कार्यविधि तयार ,ग्राहकले परीक्षण अवधिमा निशुल्क पाउने

२ बर्ष अगाडि

नेपाल दूरसञ्चार प्राधिकरणले  फाइभजी परीक्षणको लागि कार्यविधि तयार गरेको छ । उसले फाइभजीलगायत नयाँ प्रविधिको परीक्षण गर्ने कार्यविधि ु५ जी लगायत नयाँ प्रविधिको परीक्षण सम्बन्धि कार्यविधि, २०७८ु तयार गरेको हो । 

फाइभजी लगायत नयाँ प्रविधिको परीक्षणको लागि सेवा प्रदायकहरुलाई सहजीकरण गर्न र परीक्षणको शर्तहरु तोक्ने रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको निर्णयअनुसार प्राधिकरणले कार्यविधि तयार गरेको हो । 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले फाइभजी परीक्षणको लागि कार्यविधि तयार भएको र सबै सेवा प्रदायकले परीक्षणको लागि आवेदन दिन सक्ने बताए । 

फाभइजी परीक्षणको कार्यविधि तयार भए पनि यसलाई आवश्यक पर्ने फ्रिक्वेन्सी अझै निर्धारण हुन सकेको छैन् । फ्रिक्वेन्सी निर्धारण भएपछि परीक्षणको काम अगाडि बढ्ने उनले बताए । ुफ्रिक्वेन्सी कुन प्रयोग गर्ने भनेर अझै पारित भएको छैनु, खनालले भने, ुफ्रिक्वन्सी पारित भएपछि परीक्षणको लागि काम सुरु हुन्छ ।ु

कार्यविधिअनुसार फाभइजी परीक्षण गर्न चाहने सेवा प्रदायकले सम्भावित नयाँ प्रविधिको परीक्षणको मोडालिटीसहित निवेदन पेश गर्नुपर्ने छ । 

निवेदन दिँदा नयाँ प्रविधि सम्बन्धी जानकारी, परीक्षण गरिने स्थानहरु, उपलब्ध गराइने सेवाहरु, परीक्षणको लागि आवश्यक फ्रिक्वेन्सीको विवरण, नेटवर्क जडान र सञ्चालनको समय तलिका प्रस्तुत गर्नुपर्ने छ । 

यसरी परीक्षण गर्दा ग्रामिण र शहरी दुवै क्षेत्र समेट्नु पर्नेछ । यसरी प्राप्त निवेदनको आधारमा अध्ययन गरी प्राधिकरणले नयाँ प्रविधिको परीक्षणको लागि स्वीकृति दिने कार्यविधिमा उल्लेख छ । 

यसरी नयाँ प्रविधिको परीक्षणको लागि आवश्यक फ्रिक्वेन्सी प्राधिकरणले उपलब्ध गराउने छ । यो फ्रिक्वेन्सी एक वर्षको लागि उपलब्ध हुनेछ । परीक्षण समयावधिको लागि नेपाल सरकारलाई बुझाउनु पर्ने फ्रिक्वन्सीको दस्तुर छुट हुनेछ । 

साथै, यसरी नयाँ प्रविधिको परीक्षणको रुपमा सञ्चालित सेवाबाट ग्राहकसँग कुनै पनि प्रकारको शुल्क लिन पाइने छैन । 

परीक्षणपछि प्राधिकरणले उपलब्ध गराएको फ्रिक्वन्सीसहितका उपकरण प्राधिकरणलाई फिर्ता दिनुपर्ने छ। 

सेवा प्रदायकले परीक्षणको क्रममा देखिएका असरहरु, समस्याहरु, चुनौतिहरु एवं राय, सुझावहरु सहितको प्रतिवेदन प्रत्येक तीन तीन महिनमा प्राधिकरणमा पेश गर्नु पर्नेछ । साथै, परीक्षणको अवधि समाप्त भएपछि सेवा प्रदायकले प्राधिकरणमा परीक्षण सम्बन्धी विस्तृत प्रतिवेदन पेश गर्नु पर्नेछ । – आइसिटी समाचार

 

२ बर्ष अगाडि

प्रतिक्रिया