टोकियो ओलम्पिक एलेक्सले राखे  राष्ट्रिय कीर्तिमान

२ बर्ष अगाडि

जापानमा जारी टोकियो ओलम्पिकमा पौडीका एलेक्जेन्डर शाह (एलेक्स) ले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । टोकियो एक्वेटिक सेन्टरमा मंगलबार एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका हुन् । एलेक्स आफ्नो हिट–१ मा शीर्ष स्थानमा रहे । ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका थिए ।

एलेक्सले आफ्नै नामको कीर्तिमान सुधार गरेका हुन् । यस अघि एलेक्सको नाममा ५५.३८ सकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । हिट चरणबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया