वैदेशिक रोजगारका लागि विदेश जाने कामदारले दुई खोप केन्द्रबाट कोरोना खोप लाउन पाउने, कुन-कुन ?

बुधबार, १३ साउन २०७८, ०७ : ३३

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदार र अध्ययनका लागि जाने विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन दुई वटा अस्पताल तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारमा जाने  कामदार र विद्यार्थीहरुले प्रहरी अस्पताल महाराजगञ्ज र सैनिक अस्पताल छाउनीमा खोप लगाउन सक्ने जनाएको छ । 

खोप लगाउनु अघि पासपोर्ट, श्रम स्वीकृति र भिसा अनिवार्य रुपमा देखाउनुपर्ने मन्त्रालयले स्पष्ट गरेको छ । कोरोना भाइरसविरुद्ध आफ्ना नागरिकलाई खोप दिएका देशहरुले बाहिरी मुलुकहरुबाट आफ्नो देशमा प्रवेश गर्नेहरुलाई आफ्नो देशले मान्यता दिएको कोरोनाविरुद्धको खोप अनिवार्य गरेका छन् ।

यसअघि आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच भएको छलफलमा एक महिना भित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा रहेकाहरुलाई जोन्सन एण्ड जोन्सनको खोप र एक महिनापछि वैदेशिक रोजगारीमा जानेले भेरोसेलको खोप लगाउने विषयमा सहमति गरेका थिए । 

बुधबार, १३ साउन २०७८, ०७ : ३३

प्रतिक्रिया