सबै भन्दा धेरै डाउनलोड हुने पहिलो एप युट्युब, विश्वको जनसंख्या भन्दा २ अर्ब ३३ करोड बढी

२ बर्ष अगाडि

एजेन्सी -  गूगल प्लेस्टोरबाट युट्युब १० अर्ब बढी डाउनलोड भएको छ । यो संगै युट्युब यति धेरै डाउनलोड हुने विश्वको पहिलो एप बनेको छ । 

यो विश्वको जनसंख्याभन्दा धेरै हो । अहिले विश्वको जनसंख्या ७ अर्ब ६७ करोड बढि रहेको छ भने, युट्युब डाउनलोड गर्नेको संख्या विश्वको जनसंख्या भन्दा २ अर्ब ३३ करोड बढी छ ।   

युट्युबपछि सबैभन्दा बढी डाउनलोड हुने एप फेसबुक रहेको छ । अहिले सम्म फेसबुक ७ अर्ब डाउनलोड भएको छ । त्यस्तै ६ अर्ब डाउनलोड भएको ह्वाट्सएप तेस्रो, ५ अर्ब डाउनलोडसहित म्यासेन्जर चौथौं र इन्स्टाग्राम पाँचौं नम्बरमा रहेका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया