आकर्षक तलवका साथ कतारले माग्यो ५२ नेपाली कामदार, कति छ तलव ?

बुधबार, १३ साउन २०७८, १३ : ४०

कतारमा आकर्षक तलब सहित ५२  जना नेपाली कामदारको माग गरेको छ ।कतारको दाेहा शहरकाे  West Feield Engineering  कम्पनीले इन्जिनियर,ड्राइभर,कार्पेन्टर, मेसन,पेन्टर, टेली मेकर र लेबर पदका लागी ५२ जना  नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ३२  हजार देखि १ लाख ३७  हजार सम्म  हुनेछ । इच्छुकले   Rhythm Overseas Pvt.LTD को कार्यालय पुरानो बानेश्बर काठमाडौमा साउन २० गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने बिमा खर्च,भिषा स्ट्याम्पीङ शुल्क,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

बुधबार, १३ साउन २०७८, १३ : ४०

प्रतिक्रिया