यस्तो बन्यो धुर्मुस–सुन्तलीको  ‘म त मर्छु कि क्या हो’को ट्रेलर

२ बर्ष अगाडि

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक भएको छ। 

धुर्मुस–सुन्तलीको लेखन र निर्देशन  रहेको फिल्ममा  बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा मिलन श्रेष्ठको सम्पादन, स्वेत्ना योञ्जनको कोरियोग्राफी रहेको छ । फिल्म ओटीटी प्लेटफर्म ‘ओ हो मूभि’मा रिलिज हुने बताइएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया