आकर्षक तलबका साथ साउदी अरबले नेपाली कामदारको माग गरेको छ । साउदीको Saudi Manpower Solution Company ले लेबर पदका लागी २७७ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित ३१ हजार भन्दा माथि हुनेछ । इच्छुक कामदारले Five Star International Overseas Pvt.LTD को कार्यालय नख्खु दोबाटो ललितपुरमा साउन २० गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने बिमा खर्च र कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया