रोजगारीका लागि इजरायल जाने कामदार छनोटका लागि आवेदन माग, ठगी धन्दा सुरु

२ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीका जाने कामदार छनोटका लागि आवेदन माग गरेको छ । विभागले मंगलबारदेखि २१ दिनको सूचना जारी गर्दै आवेदन दिन सकिने जनाएको छ ।

तर, अधिकांश रोजगार आकांक्षी युवा युवती विभागको अनलाइन प्रणालीमा आवेदन दिने प्रक्रिया नबुभेर समस्यामा परेको देखिन्छ । साथै ठगी धन्दा चलाउन चाहने केहीले सरकारले पठाउने एक हजार जनामध्ये २ सय ५० जनाको कोटा लिएको भन्दै रकम र राहदानी संकलन गर्न शुरु गरेको  पाइएको छ ।

विभागले जारी गरको सूचनामा २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको उचाई कम्तीमा १.५ मिटर र तौल कम्तीमा ४५ किलो हुनुपर्ने, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा १५ महिनाको अध्ययन वा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्ने योग्यता तोकिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया