फिल्म ‘थडम’ को हिन्दी रिमेक बन्दै, लिड रोलमा अदित्य

२ बर्ष अगाडि

काठमाडौं,तमिलको सुपरहिट फिल्म ‘थडम’ को पनि हिन्दी रिमेक निर्माण हुने भएको छ । डेब्यूटेन्ट वर्धनको निर्देशनमा बन्न लागेको रिमेक फिल्ममा अभिनेता अदित्य रोप कपूर लिड रोलमा देखिनेछन् । फिल्ममा उनको दोहोरो भूमिका हुनेछ ।
 
हालै एक अन्तर्वार्तामा आदित्यले ‘थडम’ को हिन्दी रिमेकको बारेमा भनेका छन्, ‘म यो रोमान्चक स्टोरी सुनेपछि निकै प्रेरित र उत्साहित छु । यसको ओरिजिनल फिल्म निकै इन्टरटेनिङ र रोचक थियो, जसले दर्शकमा आफ्नो गहिरो प्रभाव छाडेको थियो ।’ टि सिरिजका भूषण कुमार र मुराद खेतानीले संयुक्त रुपमा निर्माण गर्ने फिल्मको छायांकन यसै वर्षको सेप्टेम्बरबाट सुरु हुँदैछ । 
 
तमिल फिल्म ‘थडम’ सन् २०१९ मा रिलिज भएको थियो । जसमा अरुण विजय, विद्या र तान्या होपे मुख्य भूमिकामा थिए ।

२ बर्ष अगाडि

प्रतिक्रिया