कोरोना खोप लगाएकाले कुवेत प्रवेश गर्न पाउने, कुन-कुन खोपलाई अनुमति ?

२ बर्ष अगाडि

काठमाडौं - नेपालीहरुको वैदेशिक रोजगारको मुख्य गन्तव्य कुवेतले कोरोना भाइरसविरुद्धको खोप लगाएका विदेशीलाई आफ्नो देश प्रवेश दिने भएको छ । 

कुवेतले आगामी अगष्ट पहिलो तारेखदेखि प्रवेश अनुमति दिने भएको हो । कुवेतले फाइजर, एष्ट्राजेनेका, मोडर्ना खोपका दुई डोज र जोन्सन एन्ड जोन्सनको एक डोज खोप लगाएकालाई प्रवेशमा अनुमति दिने निर्णय गरेको छ । 

कुवेतले अन्य मुलुकमा जस्तै आफ्नो मुलुकमा प्रवेश गर्नेलाई ७२ घण्टा अवधिको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । कुवेतले विदेशीलाई आफ्नो मुलुक प्रवेश गरेपछि ७ दिनसम्म होम क्वारेन्टिनमा बसी अनिवार्य कोरोनाको पीसीआर टेष्ट गराउनु पर्छ । कोरोना परीक्षण्को रिपोर्ट नेगेटिभ आए क्वारेन्टिनमा बस्नु नपर्ने  नियम छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया