सन् २०१९ मा सबैभन्दा बढी कमाई गर्ने १० बलिउड फिल्म, कुनकोे कति कमाइ ?

२ बर्ष अगाडि

काठमाडौं- सन् २०१९ को डिम्सेम्बरबाट चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वव्यापी फैलिएको संक्रमण र लकडाउनले विश्व कला क्षेत्रलाई निकै नै प्रभाव पा¥यो । रिलिज मिति कुरेर बसेका कयौँ फिल्म रिलिज हुन सकेनन् र अझै पनि स्थिति सह नहुदाँ दर्जनौँ फिल्म रिलिज हुन सकेका छैनन् । 

यसैबीच सन् २०१९ मा सबैभन्दा बढी कमाई एक गर्ने १० फिल्म मध्ये वार पहिलो नम्बरमा रहेको छ । वार फिल्म ४७४ करोड बढी भारु कमाई गर्दै बक्स अफिसको एक सफल फिल्म बनेको थियो । यस फिल्मले भारतमा मात्र ३७४ करोड भारु कमाएको थियो सिद्धार्थ आनन्दद्धारा निर्देशित यो फिल्ममा रितिक रोशन र टाइगर श्रापको मुख्य भूमिका रहेको थियो । 
 
यस्तै, दोस्रोमा फिल्म साहो रहेको छ । यो  फिल्मले बक्स अफिसमा ४३९ करोड भारु कमाई गर्न सफल भएको थियो । सुजीत रेड्डीद्धारा निर्देशित यो फिल्ममा साउथका सपर स्टार प्रभास र श्रद्धा कपुरको मुख्य भूमिका रहेको थियो । साहो (हिन्दी,तमिल, तेल्गु र मलयालम) गरि चार भाषामा रिलिज भएको थियो । समिक्षहरु बाट नकरात्मक प्रतिक्रिया पाए पनि फिल्मले बक्स अफिसमा भने राम्रै कमाई गरेको गरेको थियो ।
 
यसैगरी, सन् २०१९ सबैभन्दा बढी कमाई गर्न बलिउड फिल्म सम्झिदाँ कबिर सिहं तेस्रो स्थानमा आउँछ । यो फिल्मलाई युवा पुस्ताले एकदमै रुचाएको फिल्म हो । यसमा कबिर सिहंको भूमिका निभाएका साहिद कपुरको अभियन एकदमै प्रशंसा योग्य रहेको थियो । यस फिल्मले बक्स अफिसमा ३७९ करोड भारु कमाई गरेको थियो । यो फिल्म तेल्गु फिल्म अर्जुन रेड्डीको रिमेक हो । 

यस्तै, सोही वर्ष सबैभन्दा बढी कमाई गर्न बलिउड फिल्ममा चौथो र पाँचौ नम्बरमा सर्जिकल स्ट्राइक र भारत पर्दछन् । सर्जिकल स्ट्राइकले ३५९ करोड भारु र भारतले ३२५ करोड भारु कमाई गरेका थिए । 

यस्तै, हाउसफुल ४, मिसनमंगल, गल्ली ब्वाँय, टोटल धमाल र छिछोरे फिल्मले बक्स अफिसमा २०० करोड बढी भारु कमाई गरि सन् २०१९ सबैभन्दा बढी कमाई गर्ने बलिउड फिल्मको शीर्ष १० मा रहेका छन् ।

पछिल्लो २ वर्ष नेपालीदेखि बलिउड र हलिउड क्षेत्र र कलकारका लागि निकै कठिनपूर्ण रहेको छ । कोरोना भाइरसका कारण विश्वव्यापी लकडाउन र कला क्षेत्र पुर्ण बन्द जस्तै नै भयो । नेपालमा त झन दर्जनौँ फिल्महरु कहिले सिनेमा हल खुल्छ र फिल्म रिलिज गर्न पाइन्छ होला भनेर कुरेर बसेका छन् भारतको कला क्षेत्रको अवस्था पनि यस्तै नै रहेको छ ।

तर, पछिल्लो समय भने धेरै निर्माताहरुले डिजिटल प्लेफर्ममा फिल्म रिलिज गर्न लागेका छन् । बलिउडमा नेटफिल्स, हटस्टार र यमजोन प्राइम भिडियो जस्ता डिजिटल प्लेफर्ममा फिल्म रिलिज हुदैँ आएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया