१२ खेलाडीहरूलाई रोजगारी !

२ बर्ष अगाडि

काठमाडौँ - व्यावसायिक समूह शिखर अर्गनाइजेसनले बुदोकैदो मार्सल आर्ट्सका खेलाडीलाई आफना उद्योगमा रोजगारी दिएको छ ।

दशरथ रंगशालामा एक विशेष कार्यक्रमबीच संस्थाका अध्यक्ष केदारनाथ शर्माले सात प्रदेशमा रहेका आफ्ना विभिन्न उद्योगहरूमा कामगर्ने गरी १२ खेलाडीहरूलाई नियुक्तिपत्र प्रदान गरेका हुन् ।

रोजगारी पाएका खेलाडीहरूले उद्योगहरूमा अनुशासन अधिकृतका रुपमा काम गर्नेछन् । उनीहरूले सम्बन्धित प्रदेशअन्तर्गतका जिल्लामा बुदोकैदो मार्सल आर्ट्सको तालिम सञ्चालन गरेर नयाँ खेलाडी तयार पार्नेछन् ।

२ वर्षभित्र आफ्ना अन्य उद्योग तथा कम्पनीहरूमा २ हजार खेलाडीलाई रोजगारीको अवसर प्रदान गर्ने शिखर अर्गनाइजेसनले जनाएको छ । शिखर अर्गनाइजेसनले विभिन्न खाद्य सामग्री उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया