सुपरस्टार प्रभासको 'राधे श्याम' को रिलीज मिति सार्वजनिक, कहिले हुदैँछ रिलिज ?

शुक्रबार, १५ साउन २०७८, १४ : ०४

काठमाडौं- सुपरस्टार प्रभासको फिल्म राधे श्यामको रिलीज मिति सार्वजनिक भएको छ। 

प्रभासले आफ्नो सामाजिक सञ्जालमा फिल्मको नयाँ पोस्टर शेयर गरेका छन् । फिल्मको रिलिज डेटको घोषणा गरिएको हो।  फिल्म मकर संक्रान्तिको अवसर पारेर १४ जनवरी २०२२ मा रिलिज हुने भएको छ। 

उनले फोटो सेयर गर्दै लेखेका छन्, 'मेरो रोमान्टिक फिल्म 'राधे श्यामु तपाईं सबैलाई देखाउन निकै उत्सुक छु। राधे श्याम को ब्रान्ड न्यू रिलीज डेट '१४ जनवरी २०२२।'

फिल्ममा प्रभास र अभिनेत्री पूजा हेगडेको जोडी साथमा देखिने छन् ।

शुक्रबार, १५ साउन २०७८, १४ : ०४

प्रतिक्रिया