काठमाडौं : मलेसियाली अधिकारीहरूले विदेशीलाई स्वदेश फर्किन अनिवार्य गरेकोे ‘एक्जिट मेमो’ नपाउँदा घर फर्किनु पर्ने हजारौं नेपाली कामदारहरु समस्यामा परेका छन् ।
मलेसियामा करार अवधि सकिएका कामदारलाई कम्पनीका तर्फबाट निवेदन गरी एक्जिट मेमो निकाल्ने गरिएको छ । मलेसियामा कोरोना भाइरस ९कोभिड–१९० महामारी नियन्त्रणमा ल्याउन कडाइका साथ आवागमन नियन्त्रण आदेश कार्यान्वयनमा छ ।
आवागमन अवरोधको कारणले अध्यागमन कार्यालय बन्द रहेकाले यो समस्या सिर्जना भएको कम्पनीहरूले बताउने गरेका छन् । कोरोनाकै कारणले मलेसियामा विदेशी कामदार जान पाएका छैनन् । कतिपय कम्पनीले अध्यागमनमा निवेदन नै नदिई अध्यागमनले एक्जिट पर्मिट नदिएको बताएर नेपाली कामदारहरूलाई काम गर्न बाध्य पारिरहेको गुनासो बढेको छ ।
दूतावासले अध्यागमन अधिकारीसँग कम्तीमा एउटा काउन्टर खुला राखेर एक्जिट मेमो प्राप्त गर्न सक्ने वातावरण बनाउन अनुरोध गरिरहेको तर प्रगति नभएको बताएका छन् ।
प्रतिक्रिया