कोरोना खोप लगाएका कामदारले पनि कतारमा प्रवेशपछि क्वारेन्टाइन बस्नुपर्ने

शनिबार, १६ साउन २०७८, ०७ : २९

काठमाडौं - नेपालबाट वैदेशिक रोजगारीमा कतार जाने कामदारले अनिवार्यरूपमा होटेल क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । कतारले नयाँ ट्राभल एड्भाइजरी जारी गर्दै अगस्ट दुई अर्थात आगामी १९ गतेदेखि उक्त व्यवस्था लागू हुने जनाएको छ । 

जुलाई १२ देखि कोरोना खोप लगाएकालाई क्वारेन्टाइन बस्नु नपर्ने नियम लगाएको कतारले पछिल्लो समय आफ्नो मुलुकमा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै कडाइ गरेको बताइएको छ । नेपाली दूतावासले कतारमा खोपको दुवै डोज लगाएका वा कतारमा कोरोना संक्रमण भइ निको भएका यात्रुहरूलाई भने २ दिन मात्र होटल क्वारेन्टाइन बस्नुपर्ने जनाएको छ । 

होटल बसेको दोस्रो दिनमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए आफ्नो गन्तव्यमा जान पाइने बताइएको छ । कतार भन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका क्यूआईडीवाहक यात्रुहरूले १० दिन होटेल क्वारेन्टाइन बस्नुपर्ने हुन्छ । 

शनिबार, १६ साउन २०७८, ०७ : २९

प्रतिक्रिया