ओमनले भारी मात्रामा नेपाली कामदारको माग गरेको छ । ओमनको Chefs Establishment, Shmokh Waljat Trading, Ashfar & Sam , Takrim Al Batinah Trading कम्पनिले जेनेरल कुक, वेटर, डिस वासर, कफि कुक पदका लागी ४१ पुरुष कामदारको माग गरेको छ ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित ३६ हजार देखि ४६ हजार सम्म तलब सुविधा रहेको छ । इच्छुक कामदारले Alzafarnepal International को कार्यालय समाखुसी काठमाडौंमा साउन २२ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च,भिसा शुल्क र भिसा स्ट्याम्पीङ शुल्क रोजगारदाताले नै बेहोर्ने बेहोर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट पनि रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया