कतारले विदेशी कामदारको परीक्षण समय अवधि बढायो

आइतबार, १७ साउन २०७८, ०८ : ३३

काठमाडौं - कतारले विदेशी कामदारको परीक्षण समय अवधि बढाएको छ । 

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले घरेलु सहयोगीसहित कामदारहरुका लागि परीक्षणका अवधि यसअघिको तीन महिनाबाट बढाएर नौ महिनासम्म पुर्‍याएको बताएको छ । 

मन्त्रालयले सन् २०२१ को निर्णय नं २१ को कार्यान्वयन शुरु गर्ने घोषणा गर्दै रोजगारदाताले विदेशबाट कामदार भर्ना गर्दा विदेशी कामदारलाई रोजगारदाताबाट हस्ताक्षरित कामका शर्तहरुको प्रतिलिपिसहित सम्झौतापत्र दिन अनिवार्य गरेको छ । 

सम्झौतापत्रमा रोजगारदाताले विदेशी कामदारहरुलाई निजी आवास र खाना उपलब्ध गराउनु पर्ने लगायतका दायित्व थप गरेको छ ।

आइतबार, १७ साउन २०७८, ०८ : ३३

प्रतिक्रिया