६१ हजार बढी तलब सहित कतारमा ४६ कामदारको माग, अन्य सुविधा के के ?

आइतबार, १७ साउन २०७८, १३ : २२

काठमाडौ, कतारको एक कम्पनी नेपाली पुरुष कामदारको माग गरेको छ ।  AL HATTAB READY MIX CONCRETE FACTORY कम्पनिले ४६ जना पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ६१ हजार सम्म तलब सुविधा रहेको छ । इच्छुक कामदारले रकि ईन्टरनेशनल प्रा. लि कार्यालय कलंकी र काठमाडौंमा साउन २४ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च र ,भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैैँले  बेहोर्नुे पर्नेछ ।

यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै  बेहोर्ने छ ।

आइतबार, १७ साउन २०७८, १३ : २२

प्रतिक्रिया