अब नेपाली सहित ६ देशका कामदार यूएई जान पाउने, के के छन् प्रक्रिया

बुधबार, २० साउन २०७८, १२ : ०६

यूएईले ६ देशका यात्रु माथिको यात्रा प्रतिबन्ध हटाएको छ । यूएईले कोरोनाका कारण  नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डाका यात्रुमाथिको यात्रा प्रतिबन्ध हटाएको हो ।


यूएईको नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथोरिटीले ट्वीटरमार्फत सन्देश जारी गर्दै यात्रा प्रतिबन्ध फुकुवा भएको जनाएको हो । 

कोभिड–१९ विरुद्दको खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि अब यूएईमा यात्रा गर्न सक्ने छन् । तर उनीहरूले खोपको दोस्रो डा्ज लगाएको १४ दिन भईसकेको हुनुपर्नेछ ।

बिहीबारदेखि नेपाली कामदार पनि यूएई जान पाउने भएका छन् ।

 

बुधबार, २० साउन २०७८, १२ : ०६

प्रतिक्रिया