इजरायलको रोजगारीका लागि सोमबार बिहानसम्म आवेदन दिएकाले पुनः विवरण रुजु गर्नुपर्ने

बुधबार, २० साउन २०७८, १२ : २०

काठमाडौं - इजरायलको केयर गिभर रोजगारीका लागि सोमबार बिहानसम्म आवेदन दिएकाहरूले पुनः आफ्नो विवरण रुजु गर्नुपर्ने भएको छ । अनलाइन प्रणालीमा समस्या आएको भन्दै पुनः विवरण रुजु गर्नुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । 

सोमबार बिहान १ बजेदेखि विभागको प्रणालीमा समस्या आएको थियो । जसका कारण आवेदनको प्रक्रिया नै अवरुद्ध भएको थियो । अनलाइन आवेदन दिने प्रणालीमा समस्या समाधान भए पनि समस्या शुरु हुनुभन्दा अघि आवदेन दिएकाहरुको विवरण प्रणालीमा रिकभर हुन नसकेको भन्दै विभागले सूचनामार्फत आफ्नो विवरण पुनः रुजु गर्न आवेदकहरुलाई आग्रह गरेको हो ।

आवेदकहरुले आफ्नो यूजर आइडी राहदानी नम्बर र पासवर्ड प्रयोग गरी आफ्नो विवरणहरू रुजु गर्नुपर्ने भन्दै विभागले विवरण नभेटिएमा पुनः नयाँ दर्ता गर्नुपर्ने बताएको छ । 

नयाँ दर्ता गर्दा प्राप्त हुने रजिस्ट्रेशन नम्बर नै निवेदकको रजिस्ट्रेशन नम्बर कायम हुने पनि विभागले बताएको छ ।

बुधबार, २० साउन २०७८, १२ : २०

प्रतिक्रिया