साउन १६ गतेभित्र निवेदन दिएका म्यानपावर कम्पनीको मात्र जिट्को लाइसेन्स नविकरण हुने

विहीबार, २१ साउन २०७८, ०६ : ५७

काठमाडौं - वैदेशिक रोजगार विभागले साउन १६ गतेभित्र निवेदन दिएका म्यानपावर कम्पनीको मात्र जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेशन अर्गनाइजेसन (जिट्को) लाइसेन्स नवीकरण हुने जनाएको छ । 

विभागले जिट्को लाइसेन्स नवीकरण गर्नका लागि एक महिनाको समय दिएर असार १७ गते बिहीबार सूचना सार्वजनिक गरेको थियो । उक्त सूचना अनुसार म्यानपावर कम्पनीहरुले जुलाई ३१ अर्थात साउन १६ गतेभित्र निवेदन दिइसक्नुपर्ने थियो ।

नवीकरण हुन चाहने म्यानपावर कम्पनीहरुले निवेदनका साथमा नवीकरण दस्तुर बापत दश हजार रुपैयाँ बुझाएको रसिद, अघिल्लो नवीकरण मिति खुलेको सूचीकरण प्रमाणपत्रको प्रतिलिपि, जिट्को मार्फत गत आर्थिक वर्ष २०७६/०७७ मा कामदार पठाएको विवरण, आगामी आर्थिक वर्ष २०७८/०७९ वा सो भन्दा अगाडिका आर्थिक वर्षका लागि म्यानपावर नवीकरण भएको प्रमाणपत्र पेश गर्नुपर्ने छ । 

साथै, बैंक ग्यारेन्टी र नगद धरौटी, कर चुक्ता प्रमाणपत्र, कम्पनी रजिष्ट्रारको कार्यालयमा गत आर्थिक वर्षसम्म अध्यावधिक भएको वा प्रक्रिया शुरु भएको प्रमाणित हुने कागजात पेश गर्नुपर्ने छ । नवीकरणका लागि तोकिएको प्रक्रिया पूरा गरेका म्यानपावर कम्पनीहरुको जिट्को लाइसेन्स क्रमशः नवीकरण भइरहेको पनि विभागले जनाएको छ । 

म्यानपावर कम्पनीले प्रशिक्षार्थी कामदार जापान पठाउन पाउने भएपछि शुरुमा करिब साढे दुई सय म्यावापर कम्पनी सूचीकृत भएका थिए । 

विहीबार, २१ साउन २०७८, ०६ : ५७

प्रतिक्रिया