विदेश जाने कामदार मध्ये आधा कामदार अदक्ष

विहीबार, २१ साउन २०७८, ०८ : २५

काठमाडौं - गत आर्थिक वर्ष १ लाख ६६ हजार बढिले विभिन्न देशमा रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा आधा कामदार अदक्ष देखिएका छन् ।

सरकारले  प्रत्येक वर्षको नीति तथा कार्यक्रम र बजेटमा वैदेशिक रोजगारीमा जाने कामदारको तालिम र क्षमता अभिवृद्धि गर्ने जनाए पनि वैदेशिक रोजगारीमा जाने कामदारहरुको क्षमता वृद्धि हुन सकेको छैन् । 

वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष १ लाख ६६ हजार ६ सय ९८ जनाले वैदेशिक रोजगारीका लागि स्वीकृति लिएकोमा ८० हजार ३ सय ८२ जना अदक्ष कामदार रहेका छन् । 

विभागका अनुसार गत वर्ष नयाँ तथा पुराना गरी एक लाख ६६ हजार ६९८ जनाले वैदेशिक रोजगारीका लागि स्वीकृति लिएका थिए । जसमध्ये ८० हजार ३ सय ८२ जना अदक्ष कामदार छन् । 

गत वर्ष उच्च दक्षको वर्गमा पर्ने जम्मा ६१ जना, व्यावसायिक क्षमता भएका २ सय ४६ जना, अर्धदक्ष १५ हजार ५ सय ८३ जना र कामको आवश्यक सीप भएका  ७० हजार ४२६ जनाले स्वीकृति लिएका थिए ।

विहीबार, २१ साउन २०७८, ०८ : २५

प्रतिक्रिया