काठमाडौं - वैदेशिक रोजागरीका क्रममा अंगभंग तथा गम्भीर बिरामी भएकालाई ७ करोड ३३ लाख २ हजार २०० आर्थिक सहायता उपलब्ध गरिएको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा १४३ जनाले उक्त रकम उपलब्ध पाएका हुुन् । आर्थिक सहयाता पाउनेमा १३८ जना पुरुष र ५ जना महिला छन् ।
यस्तै सो अवधिमा कामदारका परिवारलाई औषधोपचार सहयोगअन्तर्गत २ लाख रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ ।
साथै गत आर्थिक वर्ष २०७७/७८मा विश्वका २७ देशमा १ हजार २४२ जना नेपालीको मृत्यु भएको छ । बोर्डका अनुसार उनीहरु मध्ये ४२७ जनाको विभिन्न रोगका कारण मृृत्यु भएको छ ।
त्यस्तै १०४ जना हृदयघात, ११९ जनाको सडक दुर्घटना, २६ जनाको कार्यस्थल दुर्घटना, १४० जना आत्महत्या,२ जना हत्या, १७१ जना प्राकृतिक र अन्य कारण २४८ जनाको मृत्यु भएको बोर्डले जानकारी दिएको छ ।
५ जनाको भने मृत्युको कारण पत्ता लागिसकेको छैन ।
प्रतिक्रिया