मलेसियामा बढ्न थाल्यो कोरोनाबाट मृत्यु हुुने नेपाली कामदारको संख्या, एक महिनामा ३८ को मृत्यु

शुक्रबार, २२ साउन २०७८, ०८ : १४

काठमाडौं - मलेसियामा कोरोना भाइरस संक्रमणका कारण नेपाली कामदारहरुको मृत्यु हुने क्रम बढेको छ । 

कोरोनाबाट बुधबार गोरखा नगरपालिका १० बिरेन्चोकका बहादुर आले मगरको मृत्यु भएको छ । कोरोना संक्रमण भई विगत १२ दिनदेखि उपचाररत ४४ वर्षीय मगरको बुधबार बिहान मृत्यु भएको हो । 

यसै हप्ता मोरङको सुनवर्सी नगरपालिका वडा न।६ रतुवामाईका ३६ वर्षका सुरेश कुमार दासको पनि कोरोनाका कारण मृत्यु भएको थियो । सोही दिन कोरोना संक्रमणबाटै सुरक्षागार्डको रोजगारी गर्ने विरेन्द्रनगर नगरपालिका वडा नं. २ सुर्खेतका ४२ वर्षीय तुलाराम पुलामी र पर्सागढी नगरपालिका वडा न ४ का २९ वर्षीय सिकेन्द्र कुमार चौरसियाको पनि मृत्यु भएको थियो । 

पछिल्लो एक महिनामा मलेसियामा कोरोना संक्रमणका कारण ३८ जना र अन्य विभिन्न कारणले २९ जना गरी ६७ जना नेपाली कामदारको मृत्यु भएको छ ।

शुक्रबार, २२ साउन २०७८, ०८ : १४

प्रतिक्रिया